नेभिगेशन
सबै कुरा

भारतको सिक्किममा आएको बाढीपछि इलामबाट रोजगारीका लागि गएका ५ नेपाली सम्पर्कबिहिन

२४ असोज, काठमाडौं । इलामबाट रोजगारीको शिलशिलामा गएका ५ जना नेपाली भारतमा बेपत्ता भएका छन् । इलाम नगरपालिका–९ का नेपालीहरु गत असोज १६ देखि सिक्किममा बेपत्ता भएका हुन् । 

स्थानीयका अनुसार टिष्टामा आएको बाढीपछि उनीहरु आफन्तको सम्पर्कका छैनन् । सरकारबाट तदारुकताका साथ खोजी गरिदिन परिवारको आग्रह छ । 

Dish Home
Global Ime Bank

यता  जिल्ला प्रशासन कार्यालय इलामले भारतको सिक्किममा बेपत्ता भएका इलामका पाँच जनाको खोजिका लागि भारतीय सुरक्षानिकायलाई अपिल गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भारतीय सुरक्षा अधिकारीलाई बेपत्ताबारे जानकारीसहित उनीहरुको खोजीका लागि अपिल गरिएको जानकारी दिए । 

सम्पर्कबिहिन हुनेमा इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुसी बस्नेत र कुमार बस्नेतल छन् । बाढी गएको स्थानमा टेलिफोन र विद्युत् अवरुद्ध भएकाले सम्पर्क स्थापित हुन नसकेको भारतीय निकायले जानकारी गराएको प्रजिअ पोखरेलले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation