नेभिगेशन
सबै कुरा

लोभलाग्दो क्रिकेट 'क्रेज', त्रिवि मैदानमा बिहानैदेखि दर्शक खचाखच

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न कीर्तिपुरस्थित त्रिवि मैदानमा दर्शकको ओहिरो लागिरहेको छ। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको फाइनल खेल हेर्न बिहानैदेखि दर्शकको घुइँचो लागिरहेको छ । मैदानका सबै कुनामा दर्शक भरिएका छन् ।


एकदिन अघिनै टिकट सोल्ड आउट भैसकेपनि आज टिकट लिएका नलिएका सबै दर्शक कीर्तिपुर पुगेर खेल हेर्दै छन् । 



दर्शकको बाक्लो उपस्थितिका कारण त्रिवि मैदानबाहिर धुलाम्य भएको छ। आज २० हजार दर्शकले मैदान क्षेत्रबाट खेल हेर्ने आकलन गरिएको छ । 










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्