नेभिगेशन
सबै कुरा

फलोअपः बाफलको साझा पेट्रोल पम्प सिल

काठमाडौँ । बाफलको साझा आयल पेट्रोल पम्प सिल गरिएको छ । डिजेलमा पानी मिसाएर बिक्री गरेको भेटिए पछि नेपाल आयल निगम र काठमाडौँ महानगरको अनुगमन टोलीले सो पम्प शुक्रबार सिल गरेको हो । 

सिधाकुराले बिहीबार साँझ सो पम्पले पानी मिसिएको डिजेल बिक्री गरेको खुलासा भएको थियो । साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेको सो पम्पले बुधबार साँझ डिजेल भरेका चार वटा गाडीमा पानीसहितको डिजेल बिक्री गरेको थियो।

साझा पेट्रोल पम्पले बिक्री गर्यो पानी मिसाएको डिजेल, ५० लिटर डिजेल भरेको गाडीमा ३२ लिटर पानी !

बस, बोलेरो एक पिक अप भ्यान, स्कारपियो र एक पहिचान नखुलेको रेडक्रसको गाडीमा बुधबार साँझ मिसावट युक्त तेल हालिएको थियो । ‘बाफलमा साझा सहकारीले सञ्चालन गरेको साझा पेट्रोल पम्प सिल गरिएको छ,’ आयल निगमका प्रवक्ता मनोज ठाकुरले सिधाकुरासँग भने,‘ पम्पमाथी थप अनुसन्धान थालिएको छ ।’

उक्त तेल भरेर गुडेको केही समयमै तीन वटा गाडीहरू बिग्रिएको थियो । मुल सडकमै गाडी बिग्रिए पछि ट्राफिक प्रहरीका सर्वसाधारण आएर  गाडीहरू धकेलेर पम्प नजिक पु¥याईएको थियो । 

बिक्री भएको डिजेलमा तीन भाग पानी र एक भाग डिजेलको मात्रा फेला परेका थियो। पीडित चालकलाई क्षतिपुर्ति दिने र गाडीमा नयाँ तेल भर्ने आश्वासन दिएर पम्पले घटना लुकाउने प्रयत्न गरेको थियो । 

Global Ime Bank


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation