नेभिगेशन
सबै कुरा

एनपीएल: फाइनलमा पुग्न जनकपुरलाई कर्णाली याक्ससले दियाे ११९ रनको टार्गेट

नेपाल प्रिमियर लिगको फाइनलमा पुग्न जनकपुर बोल्ट्ससलाई कर्णाली याक्ससले ११९ रनको टार्गेट दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ९ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । कर्णालीका लागि गुल्सन झाले २५ रन  बनाए भने ओपनर देव खनाल २४ रन, जयकिसन कोल्सावाला १ रन बनाएका थिए ।

यस्तै जिसन मक्सुद १२ रन बनाउँदा चान्डविक वाल्टन ११ रन र कप्तान सोमपाल कामी ५ रन बनाउँदा अर्जुन घर्ति २ रनमा रनआउट भएका थिए 

अहिले जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ सूरु गरेको छ ।  पहिलो क्वालिफायरमा सुदुरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो। 


कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्